काठमाडौं । काठमाडौंमा नक्सा पास नगरी बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिको संरचनामा डोजर लगाएको छ ।
महानगरपालिकाका अनुसार ती अस्थायी संरचनाको नक्सापास छैन ।
मेयर बालेन शाहको उपस्थितिमा अवैध संरचनामा डोजर लगाइएको हो ।
महानगरपालिकाले सूचना प्रकाशित गरेर अवैद्य संरचनामा भएका आफ्ना पसल, व्यवसाय र कार्यालय हटाउन भनेको थियो ।