युक्रेनमा स्वतन्त्रता दिवस मनाइरहँदा रुसद्वारा रकेट आक्रमण, २२ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित


एजेन्सी । युक्रेनको एउटा रेल स्टेसनमा रुसले रकेट आक्रमण गरेको छ। युक्रेनले स्वतन्त्रता दिवस मनाइरहेका वेला भएको घटनामा २२ जनाको मृत्यु भएको छ।

पूर्वी शहर च्याप्लिनमा भएको आक्रमणमा एक ११ वर्षीय बालकसहित पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु भएको बताइएको छ

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएको बीबीसीले जनाएको छ । आक्रमणमा परी ५० जना घाइते भएको छ ।

यस विषयमा रुसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। उसले पटकपटक आफूहरूले नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण नगरेको बताउँदै आएको छ।

युक्रेनमा रुसले आक्रमण सुरु गरेको बुधबार ६ महिना पुगेको छ।