पोखरा । पोखरा महानगरले ‘हेलो मेयर’ कार्यक्रम र एकद्वार प्रणाली काउण्टर सुरु गरेको छ। नगरवासीको सुझाव र गुनासो सुन्न महानगरले आजबाट ‘हेलो मेयर’ कार्यक्रम सुरु गरेको हो। यस्तै सेवाग्राहीलाई एकै ठाउँबाट सेवा उपलब्ध गराउन एकद्वार प्रणाली लागू गरेको छ ।
शुक्रवार पोखरा महानगरका मेयर धनराज आचार्यले रिबन काटेर कार्यक्रमको शुभारम्भ गरेका हुन्।
महानगरले कल सेन्टर स्थापना गरेर नागरिकको गुनासो र सुझाव सुन्न ट्रोल फ्री ११८१ नम्बरमा फोन गरेर नगरवासीले गुनासो टिपाउन सक्नेछन्। यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन ।