नयाँ पदयात्रामार्ग (ट्रेकिङ रुट) को नक्सा बिमोचन

-


     मर्दी न्युज    
     भाद्र ११ गते २०७९ मा प्रकाशित


गोरखा जिल्लाको समग्र पर्यटन बिकास सम्बन्धि छलफल तथा अन्तर्क्रिया कार्यक्रमको दौरान मा गणेशकुण्ड-गणेश हिमाल नयाँ पदमार्ग ( ट्रेकिङ रुट) को नक्सा बिमोचन गरिएको छ।

धार्चे मनासलु पर्यटन बिकाश समिति गोरखाले आज जिल्ला समन्वय समिति गोरखाको सभाहलमा गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापाले नक्सा तथा त्यस एरियाको वृतचित्रको बिमोचन गरेका थिए ।

धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाहरुको आर्थिक सहयोग, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को विशेष सहयोगमा प्रकाशित नक्साले उक्त क्षेत्रमा पुग्ने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई ठुलो सहयोग पुग्नेमा सरोकारवालाहरुले बिश्वास गरेका थिए ।

शुभकामना मन्तव्य राख्ने बक्ताहारुमा टानका केन्द्रीय उपाध्यक्ष धन बहादुर गुरुङ, टान गण्डकीका अध्यक्ष सुशील राज पौडेल, पर्यटन ब्यबसायी तथा युवा नेता सुक घले, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ ,चुम नुब्री गाउँपालिका प्रमुख निमा लामा रहेका थिए ।

प्रमुख अतिथिको मन्तव्य राख्दै जिसस प्रमुख मोहन बहादुर थापाले नयाँ पदमार्गमा बाटोघाटो, खानेपानी लगायतका पुर्वाधार निर्माणमा आफुले पहल गर्ने बताए ।

मनासलु पर्यटन बिकाश समितिका अध्यक्ष साने गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन रामजी देवकोटाले गरेका थिए ।

फोटाहरुः टान, पोखरा