पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित


चितवन । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए ।
सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । रासस