एमाले प्रवेश गर्ने चर्चापछि भौतिक राज्यमन्त्री बर्खास्त

-


     मर्दी न्युज    
     १५ भदौ २०७९ मा प्रकाशित


धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।

एमाले प्रवेश गर्ने चर्चा चलेसँगै उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरेका छन् । राजीनामा नदिई एमाले प्रवेश गर्नेलाई बर्खास्त नगरे के गर्ने ?, ती मन्त्रीको प्रश्न थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका छन् । उनले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँदैछन् । त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको छ ।