पोखरा । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । ३९ वर्ष पछि गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट भाग लिने खेलाडीको बन्द प्रशिक्षण तथा पुरस्कारको लागि करिब ८ लाख खर्च हुने बुधवार आयोजित पत्रकार भेटघाटमा बताए ।
‘जिल्ला र प्रदेश छनोट तथा वन्द प्रशिक्षणका लागि कुल खर्च ७ करोड ८५ लाख खर्च हुने अनुमान गरिएको छ।’ प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले भने, ‘थप विशेष प्रशिक्षण तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेताका खेलाडीहरुको नगद पुरस्कारका लागि समेत गरी १ करोड २५ लाख नपुग हुने कुरा जानकारी गराउन चाहन्छौं’।’
‘राष्ट्रिय खेलकुद परिषदबाट ४९ लाख, प्रदेश सरकारबाट ३ करोड ४६ लाख, आव २०७९/०८० का लागि विनियोजित १ करोड, विभिन्न प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विनियोजित १ करोड ३० लाख गरी कुल ६ करोड २५ खर्च हुने जानकारी गराउन चाहन्छौं, उक्त रकम विशेष प्रशिक्षण, जिल्ला छनोट, प्रदेश छनोट, खेलाडी बन्द प्रशिक्षण, खेलकुद सामाग्री खरिद लगायत अति आवश्यक विषयहरुमा खर्च गरिने छ यसका साथै विशेष प्रशिक्षणको निरन्तरता र भदौ २५ गते देखि ३१ गते सम्म गरिने थप विशेष प्रशिक्षण तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेताका खेलाडीहरुको नगद पुरस्कारका लागि समेत गरी १ करोड २५ लाख नपुग हुने रकमका लागि गण्डकी प्रदेश सरकारसंग पहल गरिरहेका छौं ।’ बुधवार वितरित प्रेस नोटमा उल्लेख छ ।
प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ३६ खेल र २ प्रदर्शनी खेल गरी ३८ खेलमा सहभागिता जनाउने छ । प्रदेशस्तरिय प्रतियोगिताका लागि ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ३२२३ जनाले सहभागिता जनाउने सदस्य सचिव गुरूङले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भने गण्डकी प्रदेशबाट ७०९ खेलाडीहरुले सहभागिता जनाउने छन्
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ सफल बनाउनका लागि गण्डकी प्रदेश सरकार, अर्थ मन्त्रालय, यूवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद परिषदसंगै जिल्ला खेलकुद विकास समिति र विभिन्न १४ वटा उपसमितिहरुले आ-आफ्नो तवरले काम गरिरहेको उनले बताए ।
गत भदौ ९ गतेबाट ११ वटै जिल्लामा जिल्ला छनोटका प्रतियोगिताहरु सञ्चालन भइसकेका छन् । भदौ १६ गते देखि प्रदेशस्तरिय प्रतियोगिता हुने छन ।
प्रदेश प्रतियोगिताबाट छनोट हुन सफल खेलाडीहरुलाई असोज १ गते देखि असोज २६ गते सम्म बन्द प्रशिक्षणमा राखिने तय भएको समेत उनले जानकारी दिए ।
खेलकूद सम्पन्न गर्न ८ सदस्यीय अनुगमन समिति गठन समेत गरिएको छ । समितिमा दिपक बहादुर गोदार, ओम बस्नेत, लक्ष्मण कुँवर, प्रङ्का बर्मा, शिद्धान्त अधिकारी, भरत बहादुर गर्बुजा, सुजन आचार्य, धन बस्नेत र राम राज अधिकारी रहेका छन् ।
प्रदेश खेलकुद मन्त्री राजिव गुरुङको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।