पोखरा । गण्डकी प्रदेशले नेपाली महिलाहरूको महान् पर्व तिजको अवसरमा ऋषि पञ्चमीको दिन महिला कर्मचारीको लागि सार्वजनिक बिदा नदिएको स्पष्ट गरेको छ ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै सो कुरा स्पष्ट गरेको हो ।
‘२०७९ भदौ १६ गते बिहीबार ऋषिपञ्चमीको दिन महिला कर्मचारीको लागि बिदा हो/होइन भन्ने सम्बन्धमा द्विविधा भएको विषय जानकारीमा आएकोले उक्त दिन महिला कर्मचारीको लागि समेत बिदा नभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ’ उपसचिव रामेश्वर अर्यालद्वारा जारी सूचनामा उल्लेख छ ।