काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो ।
बुधवार बयान नसकिएपछि उनको आज पनि बयान हुने भएको हो । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए।
उनले ९९ प्रतिशत जनताका मुद्दामा निष्पक्ष भएर काम गरेको र कुनै कमजोरी नरहेको भन्दै राजनीतिक मुद्दामा भने त्यसो हुन नसेको बताएका थिए ।