
काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।
बिहीबार सिंहदरारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले जवाफ लिएको हो ।
समितिका सदस्य कल्याणी कुमारी खड्काले समितिले जबरासँग दुई वटा प्रश्न सोधेको जानकारी दिए । उनले अर्को बैठक १९ गते आइतबारलाई राखिएको बताइन् ।
बुधबारदेखि जवाफ लिने क्रम सुरू भएको हो । जवाफका लागि समितिले ४३ प्रश्न तय गरेको छ ।
पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको जवाफ दिएका थिए ।
जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।