पोखराका निजी शौचालय सार्वजनिक प्रयोगमा: एक सय वटा पुर्याउने

-


     मर्दी न्युज    
     १६ भदौ २०७९ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

देशकै मुख्य पर्यटकीय सहर पोखराको बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले बिहीबारदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हो ।

महानगरले सार्वजनिक सूचना जारी गरी शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आह्वान गरेअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यक्ति तथा व्यावसायिक संस्थासँग सम्झौता गरिएको हो । विभिन्न व्यक्ति, कम्पनी, वित्तीय संस्थाबाट सो सङ्ख्यामा अनुमति प्राप्तपछि सञ्चालनमा ल्याइएको महानगर प्रमुख धनराज आचार्यले बताए । प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस् भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राखिएको छ ।

महानगर कार्यपालिका बैठकले महानगरका ३३ वटै वडामा सुविधासम्पन्न सार्वजनिक शौचालय बनाउने निर्णय गरिसकेकाले आगामी एक वर्षभित्रमा निर्माण गरिने र सो समयसम्मका लागि निजी शौचालय प्रयोग गर्ने गरी सम्झौता भएको आचार्यले जानकारी दिए ।

हाल संचालनमा आएका शौचालयहरुमा स्याकर कम्पनि ट्रेडिङ लि रङगशाला गेट अगाडी, पिपलबोट खाजा घर राष्ट्र बैक चोक, सिटिजन फर्निचर प्रा लि न्यूरोड, पाल्पा भैरव फर्निचर उधोग चाउथे, सिटी स्क्वायर प्रा लि न्यूरोड, मिडटाउन ग्यालरीय सभागृहचोक, गण्डकी बोडर्स प्रा लि पर्स्याङ, न्यू बिबेक आयाल नयाबजार, कमल गुरुङ भीमकालि पाटन, प्रभु गुरुङ पोखरा ९, बतास अर्गनाइजेसन नयाँ बजार रहेका छन् ।

त्यसैगरि बिशालबहादुर खड्का बगर, प्रकाश उदास नयाँ बजार, सूर्योदय युवा क्लव नदीपुर, सागर कोइराला शितलादेवि, पोखरा दीपसागर होटेल न्यूरोड, चरक मेमोरियल अस्पताल नागढुङ्गा, होटल पिस प्लाजा वैदाम, पोखरा रोयल बचत तथा ऋण सहकारी सस्था उत्तम चोक, गण्डकी ट्रेडिङ सेन्टर पोखरा १७, चिप्लेढुङ्गा मिनी मार्केट, बास्तोला कम्प्लेक्स पृथ्वीचोक, हिमालयन मिनी मार्केट , अनुज बास्तोला टीका भवन, असिम बास्तोला सिताभवन, दीपक मान उदास, बसन्तराज कतिला, बुद्धकुमार गुरुङ, धौलागिरी मिनी मार्केट, सरङकोट बचत तथा सहकारी सस्था रहेका छन् ।