गुरुङ पर्यटन ब्यबसायी संघ, नेपाल गण्डकी प्रदेशमा नयाँ नेतृत्वः अध्यक्षमा किशम कुमारी गुरुङ

-


     मर्दी न्युज    
     भाद्र १८ गते २०७९ मा प्रकाशित


सुन्दर पर्यटकीय गाउँ ताङ्गतिङ्गमा हिजो शुक्रबार देखिनै विशेष चहलपहल र रौनक थियो । प्रसंग हो प्रदेश भरिका गुरुङ पर्यटन ब्यबसायिहरुको नबौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको ।

हिजो शुक्रबार बेलुका गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमा होमस्टे पर्यटनको संभावना, अबसर र चुनौती बारेमा अन्तर्कृयात्मक छलफल भएको थियो ।

विभिन्न बक्ताहरुको महत्त्वपूर्ण भनाइ र टिप्पणी सहित सम्पन्न कार्यक्रम पछी रात्रीभोज र नाचगानको माहोल बनेको थियो ।

आज १८ गते शनिबारको दिन गण्डकी प्रदेश प्रमुख, जिटिन केन्द्र, प्रदेश लगायतका आमन्त्रित अतिथिहरुको उपस्थितिमा बार्षिक साधारणसभा र अधिवेशन गरि सर्बसम्मत नयाँ नेतृत्वको चयन भएको छ ।

जस अनुसार अध्यक्षमा किशम कुमारी गुरुङ, निबर्तमान अध्यक्षमा राम बहादुर गुरुङ, प्रथम उपाध्यक्षमा सुर्य घले, द्वितीय उपाध्यक्षमा बिकाश गुरुङ, महासचिवमा तुल गुरुङ, सचिवमा गंगा घले, कोषाध्यक्षमा भुपाल गुरुङ, सह कोषाध्यक्षमा मिलन गुरुङ चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा बिष्णु गुरुङ (एकता), राजु गुरुङ, कन्या प्रसाद गुरुङ, जगनराज गुरुङ, यम गुरुङ निर्वाचित भएका छन् ।

नबनिर्वाचित कार्यसमितिको प्रहिलो बैठकले तीन जना सल्लाहकार चयन समेत गरेको छ जसमा बोबरजङ्ग गुरुङ, हर्क गुरुङ र किशम गुरुङ रहेका छन् ।