अमेरिकी उपसहायकमन्त्री होर्स्ट नेपालमा

-


     मर्दी न्युज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित


काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् ।

होर्स्ट मङ्गलवार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उपसहायक मन्त्री होर्स्ट पहिलो पटक हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ ।