कलाकार विश्व केसी सम्मानित ।

-


     मर्दी न्युज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित


यस वर्षको सिर्जनशील यूवा कला पुरस्कार २०७९ बाट युवा कलाकार विश्व केसी सम्मानित भएका छन् । सिर्जनशील कलाकार समुह कास्कीले प्रत्येक वर्ष निरन्तर कला साधना गर्ने युवा कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्वेश्यले सिर्जनशील युवा कलाकार पुरस्कार दिदै आएको छ । कलाकार केसी निरन्तर कला साघना गर्दै आउनु भएको छ ।

केसी विशेष गरी ईष्टलेसन अर्थात प्रतिस्थापन कलाका साथै धेरै अमुर्त कला सिर्जना गर्छन् । केसीले बनाएका अन्तराष्टिृय मुर्ति कला कार्यशाला कोमागाने पार्क पोखरामा अमुर्त मुर्तिकला देख्न सकिन्छ । कलाकार केसी सिर्जना कलेज अफ फाईन आर्ट काठमाण्डौमा प्रविणता तह सम्म अध्यन गर्नु भएको छ ।

वरिष्ठ फोटोग्राफर तथा साहित्यकार विश्व रत्न शाक्य बाट आफना वुवा आमाको स्मृतिमा २०६४ सालमा एक लाख पचास हजार रूपैया राशिको अक्षयकोष स्थापना गरी सिर्जनशील युवा कलाकारहरूलाई पुरस्कार वितरण गर्दै आएको छ ।

यस पुरस्कारबाट सुनिल सिग्देल, डि राम पाल्पाली, पदम घले, ईन्द्र खत्री, सञ्जय गुरूङ्ग, गणेश जिसी, एन बि गुरूङ्ग, ईशान परियार, विश्वराज पराजुली, थमन सिं सुनार, जगत पुन, झबिन्द्र गुरूङ्ग, दल बहादुर गुरूङ्ग, अमृत कार्की, मनोज तामाङ्ग, सम्मानित भईसकेका छन् । उक्त पुरस्कार ताम्रपत्र सहित नगद दश हजार रूपैंया रहेको छ ।