
होटल एसोसिएसन नेपाल (हान) आबद्ध होटल संघ, पोखरा नेपालको ४१औं बार्षिक साधारणसभा आज भदौ २३ गते लेकसाइड स्थित बाराही होटलमा सम्पन्न भएको छ।
औपचारिक कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फोहरमैला र त्यसको दीर्घकालीन ब्यबस्थापन अहिलेको चुनौती भएको र आफू गंभिर भएर लागिपरेको बताए।
बिशिष्ट अतिथिको रूपमा होटल संघ नेपाल (हान) का केन्द्रिय अध्यक्ष सृजना राणाको उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य दिने बक्ताहरुले पोखराको अन्तर्राष्ट्रिय बिमानस्थल र यसको संचालन, रिठ्ठेपानी डाँडाको कटाईमा भएको ढिलाइ, ल्यान्डफिल साइटको समस्या, फेवातालको मापदण्ड र फोहरमैलाको बिकराल स्थिती बारेमा बोलेका थिए।
महासचिव राजेन्द्र ढकालले पढेको प्रतिवेदन अनुसार व्यापक चुनौतीका बाबजुद आफ्ना सदस्य होटलहरुको हकहितका लागि थुप्रै कामहरू गरेको प्रष्टै थियो।
अध्यक्ष लक्ष्मण सुबेदिको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव राजेन्द्र ढकालले गरेका थिए।