कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

-


     मर्दी न्युज    
     २३ भदौ २०७९ मा प्रकाशित


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कार मुद्दामा लामिछानेविरुद्ध उजुरी परेपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

भदौ ५ गते काठमाडौँको एक होटलमा पुर्‍याएर नाबालिगमाथि पटकपटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ। आफूमाथि बलात्कार गरेको भन्दै पीडितले मंगलबार प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएकी थिइन्।

जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनीविरूद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति पनि लिएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको हो।