बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

-


     मर्दी न्युज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित


एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको हो ।

७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको बालमोरल दरबारमा निधन भएको बीबीसीले जनाएको छ ।

उनले सन् १९५२ मा सत्ताराेहण गरेकी थिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई स्कटल्यान्डस्थित उनकै निवासमा चिकित्सकको निगरानीमा राखिएको थियो ।

उनको निधनपश्चात् उनको जेठो छोरो राजकुमार चार्ल्स नयाँ राजा बनेका छन् ।

बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महारानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्ण मृत्यु भयो ।”