
दावा छिरीङ लामा, काठमाण्डौं। यहि आउँदो मङ्सिर ४ गते हुन गईरहेको सङ्घ र प्रदेशको आसन्न निर्वाचन मा प्रत्यक्ष र समानुपातिकबाट बिभिन्न पार्टीबाट भोटखोला गाउँपालिकामा यति धेरै उम्मेदवारहरु सिफारिस हुनु अहिलेसम्मकै इतिहास बनेको छ।
जनता समाजबादी पार्टी (जसपा) बाट प्रदेससभा ‘क’ मा पार्टीका प्रदेश सदस्य भोटखोला वडा न ३ का फुर्पु छिरिङ ल्होमी प्रत्यक्षतर्फ पार्टीले सिफारिस गरिएको छ।
त्यसै गरी नेकपा एमालेबाट समानुपातिकतर्फ पार्टीका जिल्ला उपसचिव भोटखोला वडा नं ३ का वाङ्दाबी भोटे र पार्टीका जिल्ला सदस्य भोटखोला वडा न ४ का सुनिता गुरुङ सिफारिस गरिएका छन्।
यसै गरी नेकपा माओवादी केन्द्रबाट समानुपातिकतर्फ प्रदेशसभा ‘क’ बाट भोटखोला वडा नं ३ का फुर्पु सिवोलाई सिफारिस गरेको छ।
भोटखोला वडा नम्बर २ मा जन्म भई हाल धरान उपमाहानगरपालिका वडा न ३ मा स्थाई बसोवास रहेका मिङ्मा भोटे स्थानीय चुनावमा गठबन्धनबाट वडा सदस्यमा निर्वाचित भएको र समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले सिफारिस गरिएको छ।
यसरी बिभिन्न पार्टीले राजनीतिक योगदानको आधारमा भोटखोलाबाट आ-आफ्नो कार्यकर्ताहरुलाई सिफारिस गरी रहँदा नेपाली काँग्रेसमा पनि दशकौ बर्ष पार्टीमा योगदान दिनेहरु युवा देखी बिज्ञहरु हुँदा हुँदै पनि यो आसान्न सङ्घ र प्रदेशको निर्वाचनमा नेपाली काँग्रेसले भोटखोलाबाट समाबेशीको आधारमा प्रत्यक्ष र समानुपातिकमा सिफारिस नहुदा काँग्रेसमा आस्था राख्ने कार्यकर्ताहरू निराश देखिन्छन्।