जिफन्टले पठायो पार्टी घोषणापत्र मा समेट्नुपर्ने मागहरू

-


     मर्दी न्युज    
     २६ भदौ २०७९ मा प्रकाशित


लामो र गौरवशाली इतिहास बोकेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशले आज भदौ २६ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटी समक्ष बिज्ञप्ति सहितको मागपत्र पेस गरेको छ।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावी घोषणापत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका जल्दाबल्दा समस्याहरु समेटिनुपर्ने भन्दै उक्त मागपत्र पेश गरिएको हो।

जिफन्ट गण्डकी प्रदेशका अध्यक्ष रुद्र खत्रीको नेतृत्वमा गएको टिममा जिफन्ट गण्डकीका अन्य नेतागणहरु को पनि उपस्थिति रहेको थियो।

बिज्ञप्ति