
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने धारणा राख्नुभएको छ ।
आज पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो “देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।”
अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डो¥याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आगामी निर्वाचनमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औँल्याउनुभयो । उहाँले बहुदलीय परिपाटीमा हुने नियमित प्रक्रियाको चुनाव जस्तो नभएर आगामी चुनाव देशमा समृद्धि ल्याउन तथा संविधान कार्यान्वयन गर्न महत्वपूर्ण रहेको पनि बताउनुभयो ।
जनताले आत्मविश्वास गुमाउँदा देश अप्ठ्यारोमा पर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो स्थिति आउन दिन नहुने बताउनुभयो । उहाँले विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै पक्षलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।
माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन
नेकपा एमालेका अध्यक्ष ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन ।’
उनले माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको आरोप लगाउँदै चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै नरहने दाबी गरे ।