एमालेको समानुपातिक उम्मेदवारको सूची तयार (सूचीसहित)

-


     मर्दी न्युज    
     असाेज २ गते २०७९ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूचीको टुङ्गो लगाएको छ ।

आज बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूचीका लागि नामावली टुङ्ग्याएको हो ।

प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभाका लागि २२० जनाको नामको सूची तयार पारेको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार बन्दसूचीको नामावली भोलि निर्वाचन आयोगमा बुझाइने छ ।

असोज १६ गतेसम्म अहिलेको सूचीमा हेरफेर हुनसक्ने उनले बताए । प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाउँदा नाममा हेरफेर गर्न सक्ने उनले बताए ।