बगरबट्टाई काठमाण्डौं उपत्यकामा पहिलो पटक अभिलेख

-


     मनशान्त घिमिरे    
     असाेज ५ गते २०७९ मा प्रकाशित


पूर्व मेची देखि पश्चिम महाकाली को तराई भु-भागमा ब्यापक फैलिएको आबासिय बगर बट्टाई पहिलो पटक काठमाण्डौ उपत्यकाको अभिलेख गरिएको छ ।

पंछी अबलोकनका क्रममा उपत्यकाको मनोहरा खोला क्षेत्रमा युवा पर्यटन ब्यवसायी तथा अबलोकनकर्ता गोबिन्द श्रेष्ठ ‘गोपी’ ले प्रमाण सहित हिजो फेला पारेका थिए ।

मुख्यतया साँझ र राति सक्रिय हुने तथा दिउँसोको समयमा प्रकृतिमा छलावरण गरि बस्ने यो प्रजाति संरक्षित क्षेत्र तथा संरक्षित क्षेत्र भन्दा बाहिर पनि अभिलेख गरिएको नेपालको संकटापन्न चराहरुको रातो किताबमा उल्लेख गरिएकाे छ ।

खुल्ला सुख्खा बारीहरु, ढुङ्गेनी बगरहरु मा देखिने यो प्रजाति प्रायः नेपालमा समुन्द्री सतहको ७५ देखि ५०० मिटरको उचाई भेटिने गरेकोमा उपत्यकाको यस अभिलेख ले हाल सम्मकै उच्च स्थान भेटिएको प्रमाणित भएको छ ।

स्मरणीय छ, मनोहरा खोला क्षेत्रमा यस अघि पनि पंछी अबलोकनकर्ता हरुको टोलीले कयौं चराहरुको असामान्य अभिलेख हरु समेत गरेका छन् ।

फोटोः गोपी श्रेष्ठ