एमालेले त्रिशूलीको भेलले जसरी बगाउने निश्चित भएपछि गठबन्धन बनाए : ओली

-


     मर्दी न्युज    
     असाेज ७ गते २०७९ मा प्रकाशित


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारूढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारूढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशूलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनुपरेको जिकिर गरे ।

उनले अनेक प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गरे । ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने बताए ।