
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बहसबिना नै रिटलाई अग्राधिकार दिँदै राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको हो।
संघीय संसद्को दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो ।
तर राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लङ्घन भएको भन्दै सर्वोच्चमा पाँच जनाले रिट दायार गरेका थिए ।