इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

-


     मर्दी न्युज    
     १४ अशोज २०७९ मा प्रकाशित


यहि आउँदो मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष र सुरक्षितवातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजतपत्र (लाइसेन्स) प्राप्त हातहतियारहरु बुझाउन जिल्ला प्रशासन कार्यलय कस्कीले सुचना प्रकाशित गरेको छ । 

यसरी बुझाईएका हातहतियारहरु निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात फिर्ता लैजाने गरी मिति २०७१ कार्तिक ०५ गते भित्र नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाउन सूचित गरिएको छ ।