
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता संशोधन गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्री, स्थानीय कार्यपालिकाका सदस्यहरूलाई अयन्त्र चुनावी प्रचारप्रसारमा जान पाउने गरी आचारसंहिता परिमार्जन गरिएको बताए ।
आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र जानुपर्ने भए मन्त्रीले आयोगसँग अनुमति लिएर जान पाउने बताए । सरकारी स्रोत साधन भने प्रयोग गर्न नपाउने उनले बताए ।