फेवाताल किनार बृहत् सरसफाइ (फोटो फिचर)

-


     मर्दी न्युज    
     २५ अशोज २०७९ मा प्रकाशित


पोखरा । नवौं राष्ट्रिय खेलकुदको अवसरमा पोखरा महानगरपालिकाले फेवा किनारमा बृहत् सरसफाइ गरेको छ । पोखरा महानगरपालिकाका ३३ वटै वडा तथा विभिन्न संघसंस्थाले मंगलवार बिहान फेवाताल किनार सरसफाइ गरेको हो ।

पोखराका मेयर धनराज आचार्यले अहिले फेवाताल अघोषित ‘डम्पिङ साइट’ भएको बताउँदै सबै पोखरेली मिलेर भावी पुस्ताको लागि पनि फेवाताल जोगाउनुपर्ने बताए । उनले फेवाताल सरसफाइलाई महानगरले निरन्तरता दिने पनि बताए ।

तस्बिरमा हेरौं फेवाताल सरसफाइ अभियान:

तस्बिरहरू: खेमबहादुर गुरूङ