हुम्ला । हुम्लाको चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ ।
एकसातादेखि सिमकोट गाउँपालिका–१ स्थित चाङला हिमाल चढन पुगेका पाँच जना बेलायती नागरिक र दुई जना नेपाली नागरिकलाई माउन्टेन एयरको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको हो ।
सोमबार दिउँसो अलपत्र परेका सात जना पर्यटकहरूको उद्धार गर्न प्रयास गरिएपनि खराब मौसमले उद्धार हुन नसकेको माउन्टेन एयर हेलिकप्टरका फ्लाइट अफिसर आकृति प्रधानले जानकारी दिइन ।
सोमबार गृहमन्त्रालयबाट परिपत्र आएपछि चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न भनिएपनि मौसमले साथ नदिएपछि आज उद्धार गरिएको हो ।
हिमाल चढन चाङला हिमाल पुगेका पाँच बेलायती नागरिक र दुई जना नेपाली नागरिक चाङला हिमालमै एकसातादेखि अलपत्र परेका थिए ।