प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

-


     मर्दी न्युज    
     असाेज २७ गते २०७९ मा प्रकाशित


काठमाडौँ । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।

निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली बुधबार सार्वजनिक गरेको हो ।

आयोगले बुधबार दिउँसोसम्म मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। मनोनयन फिर्ता लिन इच्छुक दल र उम्मेदवारले फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको हो ।

अब प्रतिनिधिसभातर्फ २ हजार ४१२ जनाको उम्मेदवारी कायम भएको छ। जसमा २ हजार १८७ जना पुरुष र २२५ जना महिलाको उम्मेदवारी कायम भएको छ।

यस्तै प्रदेशसभातर्फ ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ। जसमा २ हजार ९४३ जना पुरुष, २८० जना महिला तथा एक जना अन्यको उम्मेदवारी कायम भएको हो।

प्रतिनिधिसभाका लागि उम्मेदवारहरूको सूची :