
फाेटाेः मनशान्त घिमिरे
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरूष भलिवलमा प्रतियोगितामा नेपाल पुलिस क्लबको विजयी सुरुवात भएको छ ।
पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
आज बिहान पोखरा रंगशालामा भएको भलिवल खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि २५-१६, २५,१२ र २५-११ को सहज जित निकालेको हो ।