पोखरा । पर्यटकीय नगरी पोखरामा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उद्घाटन भएको छ । नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गरेको हो ।
उद्घाटन मन्तव्य राख्दै उपराष्ट्रपति पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताए । यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने पनि उनले विश्वास व्यक्त गरे । यस प्रतियोगिताले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान पुग्ने उनले बताए । आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उनले सबै खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे ।
रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ जनाको उपस्थितिका बीच समुद्घाटन गरिएको हो । उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।
तस्विरमा हेरौं नवौं राष्ट्रिय खेलकुदको उद्घाटनः





















फोटाहरुः मनशान्त घिमिरे र आनन्द बराल