बेगनास तालमा डुङ्गा पल्टिँदा श्रीमान्को मृत्यु, श्रीमतीको उद्धार

-


     मर्दी न्युज    
     असाेज २८ गते २०७९ मा प्रकाशित


पोखरा । बेगनास तालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार परिवारसहित पोखरा–३१ माझिकुना घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङको डुङ्गा पल्टिएर मृत्यु भएको हो ।

डुङ्गा लिएर बेगनास ताल सयर गर्न निस्केका गुरुङको मृत्यु भएको छ भने उनको श्रीमतीको उद्धार गरिएको छ । डुङ्गा पल्टिएर उनी बेपत्ता भएको खवर पाउने वित्तिकै स्थानियको सहयोगमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।