पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको पुरुष तथा महिला डाउनहिल साईक्लिङमा आर्मीले स्वर्ण पदक जितेका छन् ।
पोखराको रानीबनमा आयोजित डाउनहिल साईक्लिङ प्रतिस्पर्धामा महिलातर्फ नेपाल आर्मीकी निष्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितिन् । नेपाल आर्मीकै उषा खनालले २ मिनेट ३७.४५ सेकेण्डमा पार गर्दै रजत पदक प्राप्त गरिने । गण्डकी प्रदेशकी जमूना थापाले २ मिनेट ४०.०९ सेकेण्डमा पूरा गर्दै कास्य पदकमा चित्त बुझाउनु पर्यो । उनी लड्न पुगेकीले आर्मीकी उषा खनालले रजत पदक प्राप्त गर्न सफल भएकी हुन् ।
यसैगरी पुरुषतर्फको डाउनहिल साईक्लिङ प्रतिस्पर्धामा नेपाल आर्मीका राजेश मगरले १ मिनेट ४९.१० सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका छन् । यसैगरी बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा पुरा गर्दै रजत पदक हात पारे भने सशस्त्र प्रहरी बलका प्रतिक थापामगरले १ मिनेट ५५.६९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते ।