क्रसकण्ट्री साइक्लिङमा महिलातर्फ बागमती प्रदेशकी लक्ष्मी र पुरुषमा एपीएफका सुरजलाई स्वर्ण

-


     मर्दी न्युज    
     असाेज ३० गते २०७९ मा प्रकाशित


पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको क्रसकण्ट्री महिला इण्डिभिजुअल साईक्लिङमा बागमती प्रदेशले स्वर्ण पदक जितेका छन् ।

पोखराको रानीबनमा आयोजित क्रसकण्ट्री साईक्लिङ प्रतिस्पर्धामा महिलातर्फ बागमती प्रदेशकी लक्ष्मी मगरले १ घण्टा ९ मिनेटमा पूरा गरी स्वर्ण पदक जितेकी हुन् । त्यस्तै नेपाल आर्मीकी उषा खनालले १ घण्ट १२ मिनेट ३९ सेकेण्डमा पार गर्दै रजत पदक प्राप्त गरिन् भने एपीएफकी हुमी बुढामगरले १ घण्टा २० मिनेट ०४ सेकेण्डमा पूरा गरी काश्य पदक हात पारिन् ।

यस्तै आजै भएको पुरुष क्रस कण्ट्री साइक्लिङमा एपीएफका सुरज राना मगरले स्वर्ण पदक जितेका छन । उनले निर्धारित दूरी १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितेको हो ।

यस्तै नेपाल आर्मीका हिमाल टमाटाले निर्धारित दूरी १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा पार गरी रजत पदक हात पार्न सफल भए । एपीएफकै लक्ष्मण मल्लाले निर्धारित दूरी १ घण्टा १३ मिनेट २५ सेकेन्डमा पुरा गरी कास्य पदक जितेका छन् ।

साइक्लिङमा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता छ । साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छ । ‘रोड रेस इन्डिभिजुअल टाइम ट्रायल’ र ‘रोड रेस मास स्टार्ट’ विधा बाँकी रहेको छ । साइक्लिङमा विभिन्न चार विधामा पुरुष र महिला गरी आठ/आठ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।   

साइक्लिङको अर्को खेल आइतवार हेम्जामा हुनेछ ।