भोलि देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाउने

-


     मर्दी न्युज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित


सरकारले भोलि मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले एक विज्ञप्ति जारी गरी भोलि सर्वजनिक बिदा दिएको बताएका छन ।

‘संस्कृतीविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’, प्रवक्ता पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।