काठमाडौँ । प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धान गर्न तेस्रोपटक चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दिपविरुद्ध थप अनुसन्धान गर्न आज म्याद थप गरेको हो ।
प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।