नवौँ राष्ट्रिय खेलकुदः एक सय ५० स्वर्ण पदकसहित आर्मी शीर्ष स्थानमा

-


     मर्दी न्युज    
     ३ कार्तिक २०७९ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।

हालसम्म एक हजार १३२ पदकको छिनोफानो हुँदा आर्मीले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कांस्यपदकसहित कूल तीन सय १४ पदक हात पारिसकेको छ । स्वर्ण पदक संख्यामा दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ५२ स्वर्ण, ४७ रजत र ५९ कांस्यपदकसहित एक सय ५८ पदक जितेको छ ।

अर्को विभागीय टिम एपिएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कांस्यपदकसहित कूल एक सय ७६ पदक हात परेको छ । यसैगरी आयोजक गण्डकी प्रदेशले २९ स्वर्ण, २८ रजत र ४९ कांस्य पदकसहित एक सय ६ पदक जित्दा बागमती प्रदेशले २२ स्वर्ण, ४२ रजत र ५९ कांस्यसहित कूल एक सय २३ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले १० स्वर्ण, आठ रजत छ कांस्यसहित २४ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, छ रजत, ३३ कांस्यसहित ४७ पदक, प्रदेश १ ले नौ स्वर्ण २२ रजत र ४४ कांस्यसहित ७५ पदक, मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २१ कांस्य पदकसहित ३४ पदक जितेका छन् ।

लुम्बिनी प्रदेशले चार स्वर्ण, १८ रजत र ३७ कांस्यसहित ५९ र कर्णाली प्रदेशले दुई स्वर्ण, तीन रजत, ११ कांस्य पदकसहित १६ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
प्रतियोगिताअन्तर्गतका खेल जारी रहेका छन् भने आजै २ः४५ बजे समापन कार्यक्रम रहेको छ ।