पुरुष भलिबलको उपाधि एपीएफलाई

-


     मर्दी न्युज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित


पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ बीच भएको आजको फाइनल खेलमा एपीएफले इतिहास रचेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा विहीबार भएको फाइनल खेलमा एपीएफले आर्मीलाई सोझो सेटमा पराजित गर्दै इतिहास रचेको हो ।

निकै प्रतिस्पर्धात्मक भएको आजको खेलमा एपीएफले ३–० को सेटमा आर्मीलाई पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२१ मा खेल्दै आफ्नो पक्षमा पार्‍यो भने दोस्रो सेट र तेस्रो क्रमशः २७–२५ र २६–२४ ले जित हात पार्दै उपाधि उचालेको हो ।

यस्तै तृतीय स्थानको लागि आजै भएको खेलमा घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल नेपाल पुलिसले हात पारेको छ ।