यस्तो छ नेकपा एमाले गण्डकी प्रदेशकोे चुनावी प्रतिवद्धता (पूर्णपाठ)

-


     मर्दी न्युज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित


पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गण्डकी प्रदेशले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ मूल नाराका साथ एमालेले १९ पृष्ठको प्रतिबद्धतपत्र आज आइतबार पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

निर्वाचन लक्षित प्रतिबद्धतापत्रमा विगतका अपूरा योजनालाई पूरा गर्दै समाजवादको आधार तयार गर्ने र केन्द्र सरकारसँगको आर्थिक निर्भरता घटाउँदै संघीयतालाई बलियो बनाउने योजनासहितका विषय छन् । संघीयतालाई बलियो बनाउने र भौतिक पूर्वाधारसहित समृद्ध गण्डकी प्रदेशमै प्रतिबद्धतापत्र केन्द्रित रहेको एमालेको दाबी छ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य, पार्टी प्रदेश सह इञ्चार्ज एवं पूर्व मन्त्री जगत विश्वकर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा करको दर नभई दायरा बढाएर राजश्व वृद्धि गरी प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने योजना छ ।

प्रतिवद्धता पत्रमा नेकपा एमाले गण्डकीले प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन सकिने खण्डमा छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने जनाएको छ । यस्तै, एमाले सरकार बनेपछि कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउन ती नाकामा सहरीकरण गर्ने उल्लेख छ ।

यस्तै स्वास्थ्यतर्फ प्रदेशमा ५ सय शैय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०–५० शैय्याको विशिष्टिकृत अस्पताल बनाउने लगायतका विषयहरु प्रतिबद्धतापत्रमा उल्लेख छ ।

हेर्नुहोस् पूर्णपाठः