
पोखरा । पोखरा महानगरपालिका वडा न १७ महतगौडा स्थीत जानकी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत वन विज्ञान विषयको अध्यन सुरु भएको छ ।
मंगलवार एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले विधार्थी र शिक्षकलाई कलम हस्तान्तरण गरेर पढाईको शुभ आरम्भ गर्दै स्थानिय सरकारको तर्फबाट शैक्षिक सुधारका लागि हुन सक्ने सबै खालका सहयोग गरिने बताउनुभयो । उहाँले यसक्षेत्रको शैक्षिक सुधारका लागि स्थानिय बासिन्दा र जनप्रतिनिधिको महत्वपुर्ण भुमिका हुने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि वडा नं १७ का वडा सदस्य शिवराम भण्डारीले यस क्षेत्रको शैक्षिक विकासका लागि प्राबिधिक शिक्षाको महत्वपुर्ण कोसे ढुङ्गा हुने बताउनु भयो ।
जानकी माध्यमिक विद्यालय व्यवस्थापन सदस्य बिष्णुमाया भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानध्यापक अर्जुन कडेलले स्वागत मनतव्य राख्नु भएको थियो भने प्राविधिक शिक्षा अन्तगर्त वन विज्ञानका कोडिनेटर शंकरराज भण्डारी, पुर्व शिक्षक अभिभावक सङघका अध्यक्ष प्रेम थापा समाजसेवी बिक्रम भण्डारीलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन स्कुलका शिक्षक तुलसी गिरीले गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापनका पुर्व अध्यक्ष टिकाराम भण्डारी, पूर्व प्रधानध्यापक गोपाल राज पौडेल, विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीको उपस्थिती रहेको थियो ।