आन्तरिक पर्यटन प्रवद्र्धनका लागि युवा उद्यमी मञ्चको ‘पोखरा–हिमालय’ मोटर र्याली

-


     मर्दी न्युज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित


पोखरा । पर्यटन क्षेत्रलाई चलायमान बनाउन युवा उद्यमी मञ्च पोखराको चार दिने ‘पोखरा–हिमालय’ मोटर र्याली शुरु भएको छ । नेपाली युवा उद्यमी मञ्चको तत्वाधानमा आयोजित चार दिने ‘पोखरा–हिमालय’ मोटर र्याली विहीबार पोखराबाट शुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीनाथ भण्डारीले यसखाले गतिविधिले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

कोरला नाका हुँदै माउण्ट कैलाश पुग्ने भारतीय पर्यटकका लागि सबैभन्दा छोटो रुट हुने बताउँदै उनले भने,‘यो नाका खोल्न सकियो भने नेपालको पर्यटनका लागि गेम चेञ्जरजस्तै हो । त्यसैले यो ¥यालीले त्यसका लागि दवाब दिनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धनमा सघाउ पु¥याउँछ ।’

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण सुस्ताएको पर्यटन उकास्ने उद्देश्यले पोखरादेखि शुरु भएको ¥याली मुस्ताङको जोमसोम, मार्फा, लोमान्थाङहुँदै कोरला नाकासम्म पुग्नेछ । ¥यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीहरुको सहभागिता रहेको आयोजक मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुयश मल्लले जानकारी दिए । उनका अनुसार ¥यालीमा २० वटा गाडी सहभागि छन् ।

स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्न यसले टेवा पु¥याउने नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुयस मल्लले बताए । यसबाट मुस्ताङको भौगोलिक अवस्था र संस्कृति बुझ्नाका साथै सबै च्याप्टरका पदाधिकारीबीच भेटघाट गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको र यसबाट गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा केही भए पनि राहत मिल्ने उनले उल्लेख गरे ।

तस्बिरहरु: खेम गुरुङ