पहाडी क्षेत्रका केही भूभागमा हल्का वर्षा र उच्च स्थानमा हल्का हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित


फाइल तस्विर

पोखरा । हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभाग बताउँछ ।
हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन विभागको आग्रह छ । तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको अनुरोध छ ।