यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

-


     मर्दी न्युज    
     २८ कार्तिक २०७९ मा प्रकाशित


पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय  क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो ।

युएईका रोहन मुस्ताफाले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । ७१ बलमा उनले ७ चौका प्रहार गरे । सोमपाल कार्मीको बलमा आसिफ सेखबाट क्याचआउट हुन पुगे ।

ओपनरद्धय मुहम्मद वसिम र वृत्या अर्विन्दले उत्कृष्ट सुरुवात गरे । वसिमले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रन जोडे भने अर्विन्दले ८२ बलमा ६ चौका प्रहार गर्दै ४० रन जोडे ।

अलिसान सराफुले ३९ बलमा २ चौका सहित २९ रन जोडे । कप्तान चुन्दाङगापोयील रिवाजन २ रनमा आउट भए । वसिह हमिद १४, आयान राजा २७ रनमा अविजित रहे ।

उनले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे जुनाइद सिद्धिक्यु १ रनमा अविजित रहे ।

नेपालका लागि गुल्सन झाले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । नेपालले युएईका तिन ब्याट्सम्यान अलिसान, वसिल र आयानलाई रनआउट गरेको थियो । अबको केही समयमा नेपालले ब्याटिङ गर्नेछन् ।