
फाइल तस्विर
पोखरा । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।
यस्तै राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम ,कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
वर्षा र हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन विभागको अनुरोध छ। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले भनेको छ ।