युएईले दियो नेपाललाई १७७ रनको लक्ष्य

-


     मर्दी न्युज    
     मंसिर २ गते २०७९ मा प्रकाशित


काठमाडौँ । युएईले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो । युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । हजरत बिलालले अविजित २० रन बनाए ।

यस्तै अलिशन शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रुपमा छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो ।