
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मतदान बिथोल्ने प्रयास भएपछि प्रहरीले सात जिल्लामा गोली चलाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, डोटी र हुम्लामा गोली चलेको जानकारी दिए ।
डिआइजी राईका अनुसार सात स्थानमा गोली चलेको छ भने देशभरका ६३ ठाउँको मतदान स्थगित भएको छ । तर, अहिले ४७ स्थानको मतदान सुचारु भइसकेको छ ।
निर्वाचन बिथोल्ने, मतपेटिका खोसाखोस गर्नेलगायतका गतिविधिहरू भएपछि प्रहरीले गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ ।