मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका गुरुङ निर्वाचित

-


     मर्दी न्युज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित


गण्डकी । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् ।

उनले २ हजार ५७७ मत पाउँदा एमालेका पोल्देन छोपाङले २ हजार २४७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले भने ५ मत पाएका छन् ।