
दमौली । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणनामा गठबन्धनको अग्रता कायमै रहँदै आएको छ ।
तनहुँ क्षेत्र नं २ प्रतिनिधिसभा तीस हजार तीन सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय आठ, नेकपा (एमाले)का किरण गुरुङले ११ हजार दुई सय ८६ मत प्राप्त गरेका छन् । दुई हजार आठ सय बाइस मतका साथ कांग्रेसका भण्डारी अग्रस्थानमा छन् ।
त्यसैगरी तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक हजार सात सय बैसठ्ठी, एमालेका एकबहादुर रानाले एक हजार तीन सय एक मत प्राप्त गरेको छ । कांग्रेसका पौडेल चार सय एकसठ्ठी मतले अग्रस्थानमा छन् ।
त्यसैगरी तनहुँ (२) क मा दश हजार छ सय छयालिस मत गणना हुँदा गठबन्धनका राजेन्द्रकेशरी न्यौपानेको चार हजार दुई सय ५५, एमालेका श्यामराजा महत तीन हजार आठ सय ९३ मत रहेको छ । गठबन्धनका न्यौपाने तीन सय बैसठ्ठी मतले अगाडि छन् ।
त्यसैगरी तनहुँ क्षेत्र नं १ (२) मा तीन हजार तीन सय त्रिहत्तर मत गणना हुँदा गठबन्धनका हरिबहादुर चुमानको एक हजार सात सय अठ्ठार, एमालेका पूर्ण गुरुङको सात सय बयनब्बे मत रहेको छ । नौ सय छब्बीस मतले चुमानले अग्रता लिएको छ ।
तनहुँ क्षेत्र नं १ मा एक लाख तेइस हजार चार सय ९० मतदातामा छैसठ्ठी हजार नौ सय ६५ मत खसेको छ भने क्षेत्र नं २ मा एक लाख पच्चीस हजार पाँच सयमा अट्सठ्ठी हजार दुई सय ७१ मत खसेको थियो ।