काठमाडौँ–६ (२)मा मास्के र ९ (१) मा डङ्गोल विजयी

-


     मर्दी न्युज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित


काठमाडौं । काठमाडौँ ६ (२) मा नेकपा (एमाले)का उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी भएको छ ।

आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिए ।

यस्तै नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार छ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार पाँच सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गरेको छ ।

टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार एक सय आठ मत खसेको थियो । सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताए ।

यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेकपा एमालेका हरिकृष्ण डङ्गोल विजयी भएको छ ।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उनी चार हजार चार सय ५२ मतसहित विजयी भएको हो । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पराजित गरे । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गरेको थियो ।