झापा–५ एमाले अध्यक्ष ओली विजयी

-


     मर्दी न्युज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित


झापा, ७ मङ्सिर । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।

निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत ल्याए । कूल २८ हजार पाँच सय ७६ मतान्तरले अध्यक्ष ओली विजयी भएको हो । अध्यक्ष ओली योसँगै छ पटक विजयी भएको छ । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेको हो ।